सर्लाहीमा आजबाट थप कडाइ गरिने



सर्लाहीमा लकडाउनलाई सोमबारबाट थप कडाईका साथ लागू गरिने भएकाे छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) को हिजाे दिउँसो सदरमुकाम मलङ्गवामा बसेको बैठकले  आज सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउनलाइ पूर्ण कडाइकाे साथ  कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।


परीक्षणको दायरा बढाइएसँगै जिल्लाकाे  मलङ्गवा, बरहथवा, ईश्वरपुर, लालबन्दी लगायतका स्थानमा  सङ्क्रमण समुदाय स्थरमा  फैलिसकेको (सीसीएमसी) जनाएकाे छ ।

यसै सन्दर्भलाई दृष्टिगट गर्दै कोरोनाको सङ्क्रमण समुदाय स्तरमा थप हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ तथा सङ्क्रामक रोग ऐन २०२० बमोजिम जारी लकडाउनमा सोमबारबाट कडाई गरिएकाे हाे । आज बाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ ।

त्यसैगरी अत्यावश्यक सेवाकालागी  प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button