प्रलाेभनमा पारेर  बालिका बलत्कार गर्ने उदयपूरका एक युवक पक्राउ



प्रलाेभनमा पारेर  बालिका बलत्कार गर्ने उदयपूरका एक युवकलाइ प्रहरीले  हिजाे  पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ का २५ वर्षीय रोशन कुवँर रहेका छन् ।


उनले बिहीबार चौदण्डी नपा ७ स्थित बेल्टार बजारको एक होटलमा कुराकानी गर्नेक्रममा  एक १५  वर्षीय बालिकालाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय  उदयपूरले जनाएकाे छ ।

आरोपितविरुद्ध पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय बेल्टारमा निवेदन दिएको इन्स्पेक्टर बुद्धीराम चौलगाईले बताए । आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button