आजबाट सवारी साधनमा जोर–बिजोर प्रणाली लागू



काठमाडौं उपत्यकासहितका  २ सय संक्रमित भएका   जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ ।


कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।

साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म  सवारी  आवागमन बन्द गरिएको गृहले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button