प्रदेश  नम्बर २ को ६ जिल्लासहित १३ वटा जिल्लामा निषेधाज्ञा जारी



कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानिय सरकारहरुले धमाधम लकडाउन अथवा निषेधाज्ञा लगाउन थालेका छन् । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको संक्रमण बढेपछि प्रदेश  नम्बर २ को ६ जिल्लासहित १३ वटा जिल्लामा निषेधाज्ञा जारी   गरिएको छ ।


प्रदेश  नम्बर  २ अस्थायी राजधानी जनकपुर, पर्साको वीरगन्ज, बाराको कलैयालगायतका अधिकांश ठाउँ, महोत्तरीको जलेश्वर र सप्तरीको राजबिराजलगायतका ठाउँमा निषेधाज्ञा लागेको छ । त्यसैगरी  आज बिहान  ५ बजेदेखि मंगलबार मध्येरात सम्मकाेलागी  सर्लाहीमा पनि  १ हप्ता  निषेधाज्ञा जारी गरेकाे छ ।

निषेधाज्ञा  लगाइएकाे जिल्लाहरूमा अत्यावश्यक  सेवा बाहेक सबै सेवा बन्द गरिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button