सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि



सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ स्वास्थ्यकर्मी सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको रिपोर्ट आइतबार आएको हो ।


संक्रमितहरु तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका मात्रै २५ जना रहेका छन् । अघिल्लो दिन शनिबार सप्तरीमा १८ जना संक्रमित थपिएका थिए । यो सँगै संक्रमितको संख्या सप्तरीमा ५  सय २४ पुगेको छ ।

NEWS 24

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button