आज प्रदेश  नं २ का यी स्थानका बासिन्दालाइ सतर्क रहन अनुराेध



आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा   वर्षा भइरहेको 


बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पानी  कम पर्न भएकोले बाढीको जोखिम कम भएको हो तर निरन्तर पानी परेर जमिन गलीसकेकोले सानै पानी परेपनि पहिराे जान सक्ने  भएकाेले सतर्कता अपनाउन  महाशाखाले  अपिल गरेकाे छ ।

त्यस्तै

आज प्रदेश  नं २ का यी स्थानका बासिन्दालाइ सतर्क रहन अनुराेध

महोत्तरी, धनुषा र सिराहामा पछिल्लो ३ घण्टामा भारी वर्षामापन, लखनदेहिखोला,रातु जिमखोला,हार्दीखोला,महाराखोला तथा सो जिल्ला भएर बहने साना खोलाहरुमा बाढीको सम्भावना, होचा स्थानहरुमा डुबान हुनसक्ने भएकाेले आज  बिहान १०ः०० बजे सम्मै सतर्क  रहन अपिल गरेकाे छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १ गते (आइतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ र गण्डकी प्रदेश एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १ गते (सोमबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २० गते (मंगलबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ। साथै बागमती प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

श्राेत  ः मौसम पूर्वानुमान बुलेटिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button