वर्षाले बर्दिबासकाे एक घरमा पूर्ण क्षति



हिजाे परेकाे  अबिरल बर्षाको कारण महाेत्तरीकाे एक घरमा क्षति पुगेकाे छ ।  जिल्लाकाे बर्दिबास न.पा. ११ खयरमारामा


सुर्य प्रसाद गौतमको २ तल्ले   काठको  घर भासिएर पुर्ण रुपले ढल्दा  करिब ५ लाख मुल्य बराबरकाे क्षति पुगेकाे जिल्ला प्रहरी कार्यलय महाेत्तरीले जनाएकाे छ ।

घर ढलेकाे  भन्ने खबर प्राप्त हुना साथ खयरमारा प्रहरी चाैकीबाट  प्रहरी टोली  घटनास्थल तर्फ पुग्दा कुनै मानवीय तथा चौपायालाइ क्षती  नपुगेकाे जनाइएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close