५६ जना नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश



मेरो प्रदेश टि भी संवाददाता
बर्दिबास
राधाकृष्ण शर्मा


महोत्तरीमा आज बिहान ५६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ८ हात्तिलेटमा एक कार्यक्रमका बिच प्रदेश नं २ की प्रदेश सभा सदस्य शारदादेवी थापा र नेकपाका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले संयुक्त रुपमा उनीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेकपामा प्रवेश गर्ने ५६ जना नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यक्रता रहेको जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए ।

कार्यक्रम प्रदेश नं २ की प्रदेश सभा सदस्य शारदादेवी थापाको अध्यक्षतामा तथा महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close