पर्सामा चार भारतीय थुनुवासहित ३२ जनामा कोरोना संक्रमण 



पर्सामा पाँच जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच थुनुवा मध्ये चार भारतीय नागरिक रहेका छन्।  नारायणी अस्पतालमा गरिएकाे  पीसीआर  परीक्षणमा ३२ जनाकाे  रिपोर्ट पोजेटिभ आएको हो।


वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपध्यायले जानकारी दिए।

यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा  कार्यरत चिकित्सक र उपचाररत बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघ पर्साले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे छ ।

संघका सचिव डा उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै  हिजाेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह  गरेका  छन् ।  कोरोना संक्रमित भेटिएका कारण एडभान्स  अस्पताल यस अघि नै पूर्ण रुपमा बन्द भईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button