वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो



पर्साको गण्डक अस्पतालमा भर्ना भएका  एक जना कोरोना संक्रमितको उपचारका क्रममा  मृत्यु भएको छ । मृत्यू  हुनेमा  पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरूषको  रहेका छन् । उनको   मंगलबार साँझ मृत्यु भएको थियो ।


यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

गत सोमबार स्वार्सप्रस्वासमा समस्या भएपछि एडभान्स अस्पतालमा भर्ना  भएका उनलाइ   मंगलबार  कोरोनाको शंकालागी   गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भएको हो  ।

उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट  कोरोना पोजेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button