महोत्तरीका एकजनाको कोरोनाबाट मृत्यु, मृतक सङ्ख्या ४१ पुग्यो



 


मेरो प्रदेश टि भी
संवाददाता

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका महोत्तरीका एक कोरोना संक्रमितको मृत्यू भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका ६० वर्षीय वृद्धको गएराति निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । मृतकको शव अहिले प्रतिष्ठानमै राखिएको र दाहसंस्कारका लागि महोत्तरी ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button