अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभावित



अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षापछिको बाढी र पहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध गरेकाे छ भने कतिपय ठाउँ डुबानमा परेका छन् ।


प्रदेश नं २ लगाएत देशैभरकाे अवस्था अहिले वर्षाकाे कारण कष्टकर बनेकाे छ ।  जिल्लाका कतिपय हुलाकी तथा राजमार्गमा पानी जमेकाे छ भने कतिपय स्थानमा बाटाे हिलाम्य भएर सवारी तथा मानिसलाइ हिडडुल गर्न समस्या परिरहेकाे छ ।

निरन्तरकाे वर्षाले सर्लाही  सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन्  भने  जिल्लाकाे सदरमुकाम  सहित  विभिन्न ठाउँ जलमग्न बनेका छन् ।

 

त्यसैगरी  पुर्व–पश्चिम राजमार्गको रौतहटस्थित चन्द्रपुर नगरपालिका २ स्थित लच्का खोलामा बाढी आउँदा राजमार्ग अवरुद्ध  हुँदा संयौ सवारीसाधन र हजारौं यात्रीहरु अलपत्र परेका छन् ।

यसैबिच सप्तरी जिल्लामा काेशी ब्यारेकाे नहर, खाडाे खाेला,बलान बिहुल खाेलामा अाएकाे बाढिका कारण त्यसक्षेत्रका खेत कटान हुनुका साथै कतिपय बस्तिमा पानी पर्दा घरहरू ढलेका छन् भने कतिपय घरमा पानी जमेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button