कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिए



सप्तकोसी नदीमा मंगलबार बिहानबाट पानीको बहाव  बढेको छ  । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।


आज मंगलबार बिहान गरिएको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको  छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ ।

 

मंगलबार मापन गरिएको पानीको बहाव यो वर्षकै उच्च  हो ।  ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

 

यसैबिच  कोशीसंग सिमा जोडिएको सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान र जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button