आजदेखि पुन  वर्षा हुने



आजदेखि पुन  वर्षा हुने क्रम बढ्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  हाल नेपालभर मनसुनी वायु को प्रभाव छ ।


साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर सरेकाे छ।  अहिले देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

पूर्वानुमान महाशाखाका अनुसार  मनसुन सक्रिय हुन लागेकाले अब फेरि विस्तारै पानी पर्ने क्रम बढ्दै जानेछ । अहिले पानी परिरहेको ठाउँमा दिउँसोपछि पानी पर्ने क्रम रोकिए पनि पूर्ण रुपमा भने मौसम  सुधार नहुने जनाइएकाे छ ।

भोलिदेखि   शुक्रबारसम्म नै मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

भोलि बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

आज दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती : देशभर सामान्य देखी पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी दुइ दिनको मौसम पूर्वानुमान

साउन ४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र सुदुर पश्चिम प्रदेश, प्रदेश १ का  एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र  प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का  थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ५ गते (सोमबार)

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र  प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का  थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५ का केही स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना   भएकोले  सतर्कता अपनाउन हुन अनुरोध छ ।

सन्दर्भ श्राेतमौसम पूर्वानुमान बुलेटिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button