बाढिको उच्च जोखिममो रौतहट जिल्ला



बाढि तथा डुबानको उच्च जोखिममा प्रदेश नम्बर २ का ८ जिल्लाहरु बढि प्रभावित हुने गृहमन्त्रालयले जनाएको छ । त्यसमध्ये पनि रौतहट जिल्ला बढि प्रभावित हुने देखिन्छ ।


यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, गोरखा र रसुवा लगाएका पहाडी पनि जिल्ला बाढी र पहिरोको अति जोखिम क्षेत्रका रुपमा रहेका छन् ।

मन्त्रालयको विश्लेषण अनुसार प्रदेश नम्बर १ का जिल्लाहरु पनि बाढि तथा पहिरोको उच्च जोखिममा रहेका छन्

मुलुकका विभिन्न भागमा भएको बाढी र पहिरोका घटनाबाट १ सय ३४ घर पूर्णरुपमा क्षति भएकोे छ ।

त्यस्तै बाढी र पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकोमा ७ सय ७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गृह मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button