विद्युत महसुल आगामी साउन ७ गते भित्र तिर्न सकिने



नेपाल विद्यतु प्राधिकरणले चार महिनाकाे विद्युत महसुल आगामी साउन ७ गते भित्र तिर्न सकिने सुचना जारी गरेकाे छ ।  केाराेना भाइरस काेभिड १९ काे कारण   गत चैत्र ११ गते देखि देश लकडाउन हुँदा विद्युत महसुल बुझाउन नपाएका ग्राहकले चैत, वैशाख, जेठ र असार महीनाको विद्युत महसुल  साउन ७ गते भित्र तिर्न सकिने व्यवस्था गरेको हाे ।


सरकारले बन्दाबन्दीलाई पनि साउन ७ गतेसम्म लम्ब्याएको छ । सोही अनुरुप नै प्राधिरकणले यस्तो निर्णय गरेको हो । याे निर्णय सबै प्रकारका ग्राहकलाई लागू हुने  प्राधिरकणकाे भनाइछ ।

निर्धारित समय भित्र महशुल भुक्तानी नगरेमा तोकिएको मात्रामा जरिवाना लाग्छ  । तर,  लकडाउनलाई दृष्टिगत गर्दै प्राधिरकणले महशुल भुक्तानीलाई सहज बनाउदै लगेकाे छ

प्राधिरकणले विद्युत महशुलमा २५ प्रतिशत छूट पनि दिदैं आएको छ । लकडाउन खुकुलो भएसंगै सिंगल फेजका घरायसी मिटरहरु रिडिङ गर्न शुरु भैसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button