बारामा दुईवटा मोटरसाइकल एक अापसमा  ठोक्किंदा एक जनाको ज्यान गयो, ३ घाइते 



बाराको कलैया उपमहानगरपालिका २३ सिसहनियामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएकाे प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
ना २० प १०२४ नम्बरको मोटरसाइकल र ना ३१ प ७८३९ नम्बरको मोटरसाइकल ठोक्किंदा ना १० प १०२४ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका २ का २५ वर्षका ऋतिक यादवको घटनास्थलमै ज्यान गएकाे छ ।

दुर्घटनामा  घाइतेहुनेहरूमा   कलैया उपमहानगरपालिका २ का रामराज यादव, फेंटा गाउँपालिकाका कन्हैया साह र विशाल साह घाइते


रहेका छन् ।  घाइतेहरुको वीरगञ्ज न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button