आज फेरि देशैभर वर्षाको सम्भावना



दुई दिन निष्कृय भएको वर्षा हिजो (शुक्रबार) बाट फेरि सकृय भएकोे मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेकोले लगातार देशैभर वर्षाको सम्भावना छ ।


आज (शनिबार) र भोलि (आइतबार) सम्मै देशका अघिकाँश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ।

आज दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी महाशाले आगामी २४ घण्टाका लागि चेतावनी समेत दिएको छ । देशभर धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश छ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित भारी वर्षा को समेत सम्भावना रहेको छ ।

तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

सन्दर्भ स्रोत ः मौसम पूर्वानुमान बुलेटिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button