राैतहट जिल्लाकाे अनुदानको मल स्थानीय तहलाई दिन निर्देशन



नेपाल सरकारबाट कृषि सामग्री कम्पनीमार्फत आउने मलखाद किसानको सट्टा ब्यापारीको हातमा पुगेको राैतहटका किसानले गुनासाे गरेका छन् । किसानबाट  गुनासो आएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी   बाशुदेव घिमिरेले स्थानीय प्रशासनले उक्त मल स्थानीय तहलाइ दिन निर्देशन दिएको  बताए । 

जिल्ला आपूर्ति समितिको निर्णय अनुसार हाल चन्द्रपुर शाखामा मौज्दात रहेको ८ सय बोरा पोटास र ४ हजार बोरा डिएपी मल दामासाही अनुसार जिल्लाको   सबै पालिकालाई उपलब्ध गराउन निर्देशन दिएको हाे ।

१८  वटा पालिका रहेकाे राैतहट जिल्लामा  १८ वटै पालिकाले सहजरूपमा प्राप्त गर्ने गरी अनुदानको मलखाद वास्तविक लाभग्राहीले पाउने भएका छन् ।


यसअघि जिल्लाको १ सय २७ वटा सहकारीमार्फत कम्पनीले वितरण गरेको युरिया,डिएपी र पोटास किसानको सट्टा ब्यापारिकाे  हातमा पर्ने कारणले समयमै किसानले मल पाउन नसक्ने तथा पाए पनि चर्काे मु्ल्य तिर्नु पर्ने जनगुनासाे अाएकाे थियाे ।

कृषि सामग्री कम्पनी चन्द्रपुर शाखाका प्रमुख रबि केसरी र केही ब्यापारीको सेटिंगमा एकजनाले आठ दस वटा सहकारीको कागजात पेसगरी मलखाद लिने गरेका थिए ।

कृषि सामग्री चन्द्रपुर र बिरगंज बाट रौतहटको कुन कुन सहकारीले यस आर्थिक वर्षमा कति मलखाद लियो र कुन कुन  किसानलाई सहुलियत दरमा दियो स्थानीय प्रशासनले लेखाजोखा लिएमा मलखादका माफिया पक्राउ हुने  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button