काेराेनाबाट थप एककाे मृत्यू , मृतककाे संख्या २९ पुग्याे



कोरोना सङ्क्रमणका कारण नेपालमा   थप एक जनाको मृत्यु भएको छ । मृत्यू  हुनेमा   सुदूरपश्चिम प्रदेशकाे  अछाम  जिल्लाकाे रामारोशन गाउँपालिका ५ का ४५ बर्षका पुरुषमा रहेका छन् ।  ती पुरुषको  गत असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।


भारतबाट गौरीफन्टा नाँका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टाइनमा बसिरहेका  उनलाइ असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि  उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

आकस्मिक कक्षमा उपचारको क्रममा  उनकाे आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । उनकाे  कोरोना   मृत्यूपछि गएराती मात्रै भएको थियाे ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ३० पुगेको छ । सुदूरपश्चिममा मात्रै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button