एसईईको नतिजा साउन १५ भित्रै प्रकाशित गर्ने तयारी



राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र एसईईको प्राप्ताङ्क तालिका शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन निर्देशन दिएको छ  । बोर्डले साउन १५ भित्र एसईईको नतिजा प्रकाशित गर्न यस्ताे  तयारी थालेकाे हाे ।


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण राेकिएको एसईई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले  गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट   गरेकाे थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button