श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ



धनुषामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्लाको हंसपुर नगरपालिका ५ बस्ने २५ वर्षीय सुरेश सदा रहेका छन् ।


उनले  आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेका हुन् । श्रीमानको  कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको मृत्यू भए लगत्तै  ईलाका प्रहरी कार्यालय सुगानिकाश र जिल्ला प्रहरी कार्यालय धनुषाबाट  खटिएको  प्रहरीको टोलीले संयुक्त रूपमा  पक्राउ गरेको हो ।

घटनाको  विषयमा विस्तुत विवरण आउन बाँकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close