थप एक कोरोना संक्रमितको मृत्यु , मृतककाे संख्या २९ पुग्याे



ललितपुरको स्टार अस्पतालमा उपचार गराइरहेका राैतहटका  एक जना कोरोना संक्रमित   पुरूषको मृत्यु भएको छ ।


मृत्यू हुनेमा     रौतहटका २९ वर्षीय पुरुष    रहेका छन् । दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै गएराती   मृत्यु भएको हो ।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले  जानकारी दिए ।

यो  सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । तर यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाैपचारिक पुष्टि गर्न बाँकी  रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close