जनप्रतिनिधिसहित १४ जनामा काेराेना संक्रमण देखिएपछि रौतहटका दुई नगरपालिका सिल गरियाे 



राैतहटकाे  स्थानीय प्रशासनले जिल्लाकाे दुइवटा नगरपालिका सिल गरेकाे छ ।  बौधिमाई नगरपालिका र ईशनाथ नगपालिका गरी दुइवटा नगरपालिका  सिल गरिएकाे हाे  ।


बौधिमाई नगरपालिकाका दुई वडाध्यक्ष र दुईजना कार्यपालिका सदस्यलाई   कोरोना भाइरस  पुष्टी भएपछि  आइतबारदेखि अनिश्चित कालकाेलागी नगरपालिका सिल गरिएकाे बताउनु हुन्छ जिल्लाका प्रमुख जिल्ला अधिकारी  वासुदेव घिमिरे,

घिमिरेका अनुसार सिल गरिएका नगरपालिकाहरुका नागरिकलाई नगरपालिकाबाट वाहिर जान वा बाहिरबाट आउन  रोक लगाइएको छ।  बौधिमाई नगरपालिकाको केही कर्मचारीमा संक्रमण देखिएकाले नगरपालिकाको  जरूरी काम  बाहेकका सम्पूर्ण  कामहरू गर्न समेत बन्द भएकाे छ ।

बौधिमाई नगरपालिका वडा नम्बर ७ र ८ को कार्यालय पनि बन्द गर्न प्रशासनले  आदेश दिएको छ । जनप्रतिनिधिसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र सात कर्मचारी गरी  १४ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि साे निर्णय गरिएकाे   स्वास्थ्य कार्यालय गौरका प्रमुख महेश साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close