कांग्रेस-नेकपा कार्यकर्ताबीच दाेहाेराे झडप



सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख  प्रतिपक्षी  दल नेपाली कांग्रेसका कार्यकर्ताबीच दाेहाेराे झडप  भएकाे छ ।
 जिल्लाकाे  धनकौल गाउँपालिकामा गए राति भएको झडपमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता  गरी १८ जना घाइते भएकाे बताइएकाे छ ।


 जिल्लाकाे रामनगर गाउँपालिकामा  नेकपाका एक कार्यकर्ताको एकसाताअघि हत्या भएकाे थियाे । हत्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रमुख  प्रतिपक्षी  दल नेपाली कांग्रेसकाे संलग्न  रहदै दावी गर्दै अाएकाे छ ।  साेही विषयलाइ  लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न स्थानमा   प्रदर्शन गरेका थिए ।

धनकौलमा भएकाे प्रदर्शन कै क्रममा   दुई पार्टीका कार्यकर्ताबीच दाेहाेराे विवाद सृर्जना  हुँदा झडप भएको थियाे  । झडपमा दुवै पक्षका १८ जना कार्यकर्ता घाइते भएकाे    प्रहरीकाे भनाइ छ   ।

घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको सर्लाही प्रहरी कार्यालयले जनाएकाे छ । पक्राउ परेका व्यक्तीकाे नाम , ठेगाना भने गाेप्य राखिएकाे छ ।

सर्लाही प्रहरी कार्यालयका  एसपी विश्वमणि पोखरेलले  अहिले त्यहाँकाे स्थिति सामान्य भएकाे बताउदै केहीलाई गोलीको छर्रा लागेको तर गम्भीर घाइते कोही नभएकाे बताए ।  घटनामा गोली कुन पक्षले चलाएकाे , भन्नेबारेमा अनुसन्धान भैरहेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button