नेपालमा कुल संक्रमितकाे संख्या साँढे १२ हजार नाँघ्याे



नेपालमा कुल संक्रमितकाे संख्या साँढे १२ हजार नाँघेकाे छ ।  पछिल्लाे  २४ घण्टामा थप ४ सय ६३ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार सङ्क्रमित मध्ये   ३ सय ५८ पुरुष र १ सय ५ जना महिला रहेका छन् ।
याे संगै नेपालमा  कुल  सङ्क्रमितको  सङ्ख्या १२ हजार ७ सय ७२ पुगेको छ। जसमध्ये  १ हजार ४ सय ७४ महिला र ११ हजार २ स ९८  पुरुष रहेका छन् ।

 त्यसैगरी मन्त्रालयले पछिल्लाे २४ घण्टामा  थप १ स ७९ जना निको भएका छन् । याे संगै  हालसम्म ३ हजार १३ जना निको भएका छन् ।  जसमध्ये २ सय ५५  महिला र २ हजार ७ सय ५८ जना पुरुष रहेका छन् ।


त्यसैगरी काेराेना भाइरसबाट हालसम्म  २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड १९का बिरामी भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button