स्याङ्जामा एक कोरोना संक्रमितको मृत्यु,कोरोना बाट मृत्यू हुनेकाे संख्या २५ पुग्याे , औपचारिक घोषणा हुन बाँकी



कोरोनाका कारण नेपालमा थप एकजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष मृत्यू रहेका छन् ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराइ रहेका स्याङ्जाका कोरोना संक्रमितको हिजो राती ११ ः ५५ बजे मृत्यु भएकोे जनाइएको छ ।

मृतक असार ८ गते आइसियूमा भर्ना भएकोे अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । डाक्टर आचार्यका अनुसार शव व्यवस्थापनको तयारी भई रहेको छ ।  यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण मृत्यू हुनेको संख्या २ पुगेको छ भने नेपालमा कोरोनाका कारण मृत्यू हुनेको संख्या २५ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button