केमिकल अभावमा  दुइदिनदेखि  वीरगंजको नारायणी अस्पतालमा पीसीआर परीक्षण बन्द ।।



 


वीरगंजको नारायणी अस्पतालमा सञ्चालित पीसीआर प्रयोगशाला दुई दिनदेखि बन्द अवस्थामा रहेको छ । पीसीआर परिक्षणका लागी आवश्यक रसायनको अभावमा परीक्षणको काम बन्द भएको अस्पताल श्रोतले जनाएको छ ।

नारायणी अस्पतालकी पीसीआर ल्याब प्रमुख प्याथोलोजिस्ट डाक्टर नीरा पाठकका अनुसार पीसीआर परीक्षणको लागि चाहिने रिएजेन्ट तथा एक्सट्र्याक्सन किट लगायत रसायनिक समाग्रीको अभावले सेवा बन्दगर्नु परेको छ ।

पाठकले परीक्षण बन्द भएको अवस्थामा संकलन गरिएको स्वाब काठमाडौंको टेकु अस्पताल पठाइरहेको बताइन् केमिकल अभावको कारण वीरगंज ल्याबमै झण्डै २ सय ५० वटा स्वाबको नमुना परीक्षणको नतिजा आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button