पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ३८ काेराेना संक्रमित भेटिए



नेपालमा काेराेना  सङ्क्रमित हुनेकाे सङ्ख्या मंगलबार १० हजार नाँघेकाे छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा नेपालमा   पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।  याे सँगै कुल  सङ्क्रमितको  सङ्ख्या १० हजार ९९ पुगेको छ । सङ्क्रमित  मध्ये ४ सय ४८जना पुरुष र ९० जना महिला  रहेका  छन् ।

यसैगरी मन्त्रालयले पछिल्लाे २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी मंगलबारमात्रै ७६ जना काेराेनाका बिरामी निकाे भएकाे जनाएकाे छ ।  त्यस मध्ये १ सय ८९ महिला र २ हजार ३५ पुरुष गरी कुल  कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार २ सय २४ पुगेकाे छ ।


नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६  पुगेकाे छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यसैगरी दैलेखका एक पुरुषको काेराेनाका  मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button