निजी विद्यालयलाइ शिक्षा मन्त्रालयकाे  निर्देशन 



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयले पढनपाठन सुचारू  नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले एक  विज्ञप्ति जारी  गर्दै निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई उक्त  निर्देशन दिएकाे हाे ।   प्रवक्ता शर्माका अनुसार    प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको  छ ।


साथै  ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ विपरितका क्रियाकलाप नगर्न  र नगराउन समेत विज्ञप्तिमा  उल्लेख गरीएकाे छ ।

मन्त्रालयले निजी विद्यालयहरुले भोग्नु परेको समस्याको बारेमा छलफल गर्न सक्ने जनाएकाे छ ।

असार १ गतेदेखि सञ्चालन गरिएको वैकल्पिक कक्षासम्बन्धी कुनै समस्या भए विद्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने समेत  विज्ञप्तिमा भनिएकाे छ ।

आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेकाे थियाे ।

यता  निजी विद्यालय सञ्चालकहरुले लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउन बाध्य भएकाे बताउदै अाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button