मिथिला नगरपालिकाको मेयर र उपमेयरबीच त त र म म



धनुषाको मिथिला नगरपालिकामा मेयर उपमेयरबिच विवाद भएको छ। आउँदो बुधबार हुने नगरसभाको तयारीको विषयमा सोमबार भएको कार्यपलिका बैठकमा मेयर हरिनारायण महतो र उपमेयर ताराकुमारी वस्नेतबिच विवाद भएको हो।


योजना अनुगमनमा भत्ता नभएको कारण उपमेयर वस्नेतले सम्पन्न योजनाको फाइलमा हस्ताक्षर नगरेको विषयमा विवाद सृजना भएको थियो। त्यस क्रममा उपमेयर वस्नेतले मेयर महतोलाई ‘फटाहा’ भनेपछि दुवैबिच चर्काचर्की भएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए।

‘अनुगमन गर्दा भत्ता नभएको भन्दै केही दिनअघि सम्पन्न १९।२० वटा योजनाको फाइलमा अनुगमन समतिको संयोजकको हैसितले उपमेयरले हस्ताक्षर नगरेको बैठकमा कुरा उठ्यो। त्यही विषयमा मेयर उपमेयर बिच चर्काचर्की भयो। त्यस क्रममा दुवै तर्फबाट त त म म, फटाहा, फटाही जस्ता अपशब्द प्रयोग भयो। फेरि विवाद साम्य भएर छलफल पनि भयो’ बैठकमा सहभागी ती वडाध्यक्षले नेपालखबरसँग भने।

यता उपमेयर वस्नेतले बैठकमा सामान्य विवाद भएको स्वीकार गर्दै राजनीतिमा त्यो कुनै ठुलो इस्यु नभएको प्रतिक्रिया दिइन्।

मेयर हरिनारायाण महतोले पनि विवाद भएको स्वीकार गरे।

‘भत्ता नभएको कारण योजना अनुगमनको फाइलमा हस्ताक्षर नगरेको विषयमा उपमेयरसँग समान्य भनाभन भयो। तर फेरि विवाद साम्य भएर छलफल पनि भयो। यो समान्य कुरा हो’ उनले भने। स्रोत ः नेपाल खबर डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button