९ जना पाकिस्तानी मुस्लिम धर्म प्रचारक स्वदेश फिर्ता



 


लकडाउन सुरु हुनु अघि मोरङ आएका ९ पाकिस्तानी सोमबार स्वदेश  फर्किएका छन्  । तीन महिनादेखि मोरङको सुनवर्षी नगरपालिका–९ स्थित मस्जिदमा बसेका उनीहरु आज पाकिस्तान फर्केका छन् ।

आवश्यक सबै प्रक्रिया पूरा गरेर आफ्नो मुलुक फर्कने वातावरण बनेपछि उनीहरुले स्वदेश फिर्ती भएका हुन । उनीहरु नौ जनाको कोरोना परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको मोर¨ प्रशासनले जनाएको छ ।

नेपालमा लकडाउन हुनु पूर्व उनीहरु मुस्लिम समुदायलाई शिक्षादीक्षा दिन र जनचेतना फैलाउन नेपाल आएका थिए ।
पाकिस्तानी दूतावासको पहलमा मोरङमा रोकिएका सबै पाकिस्तानी नागरिकलाई आफ्नो मुलुक फर्कने वातावरण बनाइएको मोर¨का प्रमुख जिल्ला अधिकारीले बताए । मोरङबाट काठमाडौं पुगेपर्छि जहाजमार्फत उनीहरुलाइ पाकिस्तान पठाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button