नेपालमा काेराेना संक्रमितकाे संख्या ९ हजार भन्दा बढि



 


नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार भन्दा बढि रहेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ । देशभरीको कोरोना अस्पतालहरुमा गरिएको परीक्षण अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १ सय ९८ जनाको स्वाबको नमुना परीक्षण गरिएको छ ।

त्यसैगरी क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ रहेका छन् ।

त्यस्तै सोमबार पछिल्लो २४ घण्टामा ३ सय ७० जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ रहेको छ ।

त्यस्तै कोरोनाबाट हालसम्म २३ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button