नेपालमा कूल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुग्याे

पछिल्लाे २४ घण्टामा नेपालमा थप ६ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ८० महिला र ५ सय ९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
यस्तै बिहीबारसम्म ११ सय ८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै मृतकको संख्या २२ पुगेको छ ।