वडा सदस्य बिमलाको क्यान्सर रोगबाट मृत्यु



ढल्केवर (धनुषा)
धनुषाको मिथिला नगरपालिका वडा नं.७ का महिला वडा सदस्य बिमला लामाको क्यान्सर रोगबाट मृत्यु भएको छ ।


क्यान्सर रोगबाट ग्रसित वडा सदस्य बिमलाको मंगलबार राति ११ बजे आफ्नै घरमा मृत्यु भएको हो ।

करिब पन्ध्रदिन अघि शरिरमा असहज महसुस भएपछि स्वास्थ्य परिक्षण गराउँदा बिराटनगरस्थित न्यूरो होस्पिटलले पिठ्यूँको नासामा क्यान्सर भएको बताएका थिए । यस होस्पिटलमा क्यान्सर रोगको उपचार नहुने भन्दै धरानस्थित विपि मेमोरियल अस्पतालमा उनलाई रेफर गरिएको थियो । बर्ष ३२ की वडा सदस्य बिमलाको त्यहाँ पनि उपचार सम्भवन नदेखिएपछि चितवनस्थित क्यान्सर अस्पताल लगिएको थियो । त्यहाँ उनलाई क्यान्सरको संक्रमण शरिरको माथिल्लो भागसम्म फैलिसकेको र उपचार सम्भव नभएकोले घरमै लगेर रेखदेख गर्न सल्लाह डाक्टर दिएअनुसार मंगलबार दिउँसो घरमा ल्याएर राखेको पारिवारिक श्रोतले जानकारी दिए ।

वडा सदस्य बिमला गएको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button