वडा अध्यक्ष सँजिवको दादागिरी, आफुलाई जग्गा नबेचेको झोकमा टाउको फुट्ने गरी पिट्यो



ढल्केवर (धनुषा)
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सँजिव यादवले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिइएको छ ।


महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ का दिपलाल महतोले आफुलगायत तीन जना दाजुभाइलाई वडा अध्यक्ष यादवले कुटपिट गरेको भन्दै बिहिबार ईप्रका ढल्केवरमा उजुरी दिएका हुन् ।

दिपलालले ईप्रका ढल्केवरमा घाउखत जाँच गरी केस फारम गरी पाउ बारे दिइएको उजुरीमा भाइ उतिमलाल महतो र सुरज नारायण महतोसमेतलाई वडा अध्यक्ष यादव स्वयम् र सोही ठाउँको प्रदिप यादव, मुसिलिम राइन र जित चौधरी कलबारले मिलेर कुटपिट गरेको उल्लेख छ ।

वडा अध्यक्ष यादवले योजना मुताबिक संगठित भइ ज्यान मार्ने उद्देश्यले लाठी भालासहित घरेलु हतियारले आक्रमण गरेको र उनीहरुले भाइ उतिमलाल महतो र सुरज नारायण महतोसमेतलाई टाउको, निधारलगायत सम्वेदनशील अङ्गहरुमा प्रहार गरी बेहोस पारिदिएको कुरा उजुरीमा जनाइएको छ ।

उजुरीअनुसार झगडाको कारण भने वडा अध्यक्ष यादवको घरसँगै टाँसिएको महोत्तरी गौशाला नगरपालिका वडा नं.१२ कान्तिबजार बस्ने सुमित्रा देवीको नाममा रहेको जग्गामा वडा अध्यक्ष यादवले बिना अनुमति मन्दिर बनाई रहेको अवस्थामा रोकथाम गर्न जाँदा कुटपिटमा उत्रेको हो ।

वडा अध्यक्ष यादवको आक्रमणबाट घाइते भएकाहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । आक्रमणकारीहरु फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते दिपलालले बताएअनुसार वडा अध्यक्ष यावदको घरसँगै टाँसिएको आफ्नो अढाई कठ्ठा जग्गा छ । सो जग्गा वडा अध्यक्ष यादवले आफुलाई बेच्न दबाब धेरै पहिलादेखि दिदै आएको छ । र जग्गा उसलाई नबेचेपछि अनेक प्रपञ्च रचेर मेरो जग्गामा जबरजस्ती मन्दिर निर्माण गर्न लागेको बताए । मन्दिर निर्माण गर्न लागेपछि बुधबार आफ्नो जग्गा सुरक्षित पार्न नाप नक्साअनुसार छुट्टियाउन लागेको बेलामा एक्कासी आएर सबै दाजुभाइलाई सख्त घाइते हुने गरी हिर्काएको जनाए ।

वडा अध्यक्ष यादवले यसअघि पनि कयौंलाई कुटपिट गरेको घटनाहरु स्थानीय स्तर तथा प्रहरीमा आएर मिलापत्र भएको भने वडा अध्यक्ष जस्तो पदमा रहेको मान्छे हातपातमै उत्रेरेको देखेर स्थानीयबासीले राम्रो मानेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button