ढल्केवर–भित्रि ग्रामीण बस्तीसँग जोडिन नयाँ सडकहरु बन्दै



ढल्केवर (धनुषा)
धनुषा जिल्लाको मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवर बजारमा आउने नयाँ–नयाँ सडक मार्गहरु बढ्दै गएको छ ।


सहरको रुप लिदै गइरहेकोे ढल्केवरमा व्यापारीक कारोबार र कृषि उत्पादनको राम्रो बिक्री स्थल रहेकाले ढल्केवर बजार आउने सहज बाटाहरुको निर्माण बढेको हो ।

ढल्केवरमा ठुलठुला थोक बिक्रेता र कृषि हाटको रुपमा कृषि उपज तथा थोक बिक्री केन्द्र छ । कृषि बजारमा पूर्वको धारापानी र पश्चिममा महोत्तरीको पशुपतिनगरसम्मका किसानले उत्पादन गरेको हरिया तरकारी तथा फलफुल विक्री गर्न आउने गरेको पाइन्छ । सडक निर्माणपछि यस भेगका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल ढल्केवरस्थित बजारसम्म पु¥याउन निकै सहज हुनेछ ।

यसै क्रममा कुसुमबिछौनाबाट ढल्केवर आउने थप नयाँ मार्ग निर्माणको काम कुसुमबिछौना बासीले थालेका छन् । कुसुमबिछौना–ढल्केवर आवतजावत गर्ने दुइवटा कृषि मार्ग सञ्चालित अवस्थामा छ भने हाल निर्माण भइरहेको सडकको चौडाइलगायत गुणस्तरीय हुने राजनीतिकर्मी जागेश्वर महतोले बताए । उनले कुसुमबिछौना–ढल्केवर जोडिएको सडकको चौडाई १२ फिट रहेको र नयाँ बन्न लागेको यो सडकको चौडाई १८ फिट राखिएको छ ।

बाटो निर्माणको क्रममा अहिले कल्भर्ट निर्माण र बर्षाको बेला पानीले सडक अबरुद्ध पार्न सक्ने सम्भावित चार ठाउँमा होम पाइप गाड्ने काम भइरहेको नेकपाका नेता समेत रहेका महताले जानकारी दिए ।

यो कामको लागि मिथिला नगरपालिका वडा नं. ८ को वडा योजना अन्तर्गत १४ लाख रुपैयाँ छुट्टयाइएको छ । यस बर्ष कल्भर्ट निर्माण र होमपाइप राख्ने कार्य सकिने र आउँदो अगामी आर्थिक बर्षमा सडकमा सिमेन्टको ढलान वा कालोपत्रे गर्ने योजना रहेको राजनीतिकर्मी जागेश्वरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button