विश्रामपुर गुप्ता परिवारले ४० विपन्न परिवारलाई बाँड्यो खाद्यन्न सामाग्री



ढल्केवर (धनुषा)
धनुषाको मिथिला नगरपालिका वडा न ५ विश्रामपुरका एक गुप्ता परिवारले लकडाउनबाट प्रभावित भएका ४० विपन्न घर परिवारलाई खाद्यन्न वितरण गरेको छ ।
गुप्ता परिवारले मिनपा वडा नं. ५ अन्तर्गतका दैनिक ज्यालादारी गर्ने मजदूर, गरिब विपन्न र अलपत्र परेकाका परिवारलाई खाद्यन्न वितरण गरेका हुन् ।


वितरण गरिएको खाद्यन्न सामाग्रीमा १५ किलो चामल, १० किलो गहुँ, १ किलो दाल, १ किलो आलु, १ किलो नुन, १ पोका खानेतेल र एउटा हात धुने साबुन रहेको छ ।

काठमाडौंमा रहेको आँचल फ्रुट सेन्टरका सञ्चालक लालबाबु गुप्ताले उपलब्ध गराएको राहत सामाग्रीमा विश्रामपुरका रामपर्दाथ गुप्ता, श्याम गुप्ता, उदयकुमार गुप्ता राजेश गुप्ता र निशान्तकुमार गुप्तालगायत गुप्ता परिवारले थप सामाग्री जुटाएर विपन्नमा बाँडेको हो ।

खाद्यन्न वितरणको अवसरमा मिनपा वडा नं. ५ का वडा अध्यक्ष श्यामबाबु यादवले विश्वभरी फैलिरहेको कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागु गरेको लकडाउनको अवधि दुइ महिना नाघिसकेको र यस अवधिमा दैनिक ज्यालादारी गर्ने मजदूर, गरिब विपन्न परिवारलाई हातमुख जोर्न निकै सकस भइरहेको बताए । यसबीच गुप्ता परिवारले खाद्यन्नको समस्या झेलिरहेका परिवारलाई खाद्यन्न उपलब्ध गराएर निकै पुण्यको काम गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button