मिथिला नगरपालिकाको दोस्रो क्वारेन्टाइन



ढल्केवर (धनुषा)
धनुषाको मिथिला नगरपालिकाले २५ शैंयाको दोस्रो क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।


प्रदेश २ को अस्थायी राजधानीको प्रवेशद्वारमा रहेको मिनपाले हजारा चौकस्थित जनता माध्यमिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनको रुपमा गत शुक्रबारबाट सञ्चालनमा ल्याएका हुन् ।

हाल विभिन्न ठाउँका गरी १६ जनालाई हजरा चौकको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राम्रो सरसफाई, पोषणयुक्त खानपिन र नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिएको क्वारेन्टाइनका स्वास्थ्य प्रमुख सहदेव यावदले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का रोकथाम तथा नियन्त्रणका लागि मिनपाले यसअघि लालगढस्थित लालगढ कुष्ठरोग सेवा केन्द्रमा १० शैंयाको क्वारेन्टाइनको ब्यवस्था गरेको छ ।

कोरोनाका शंकास्पद बिरामी र बाहिरी मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

मिथिला नगरपालिकामा लालगढस्थित माझी टोलकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ भने उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button