स्वरोजगार लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा १ लाख



हेटौंडा
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा न्यूनिकरणमा सहयोग पुग्ने गर्ने उद्देश्यले स्वरोजगार लघुवित्त संस्थाको हेटौंडा शाखाले बाग्मति प्रदेश सरकारलाई १ लाखको चेक हस्तान्त्रण गरेको छ ।


स्वरोजगार लघुवित्त संस्थाको हेटौंडा शाखाका सुमन जोशी र भुवन आचार्यले बाग्मति प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जमकट्टेललाई १ लाखको चेक हस्तान्त्रण गरेका हुन् ।

चेक बुभ्mदै कानुनमन्त्री जमकट्टेलले हालसम्म प्रदेश सरकारको खातामा ४२ करोड ६८ लाख ५७ हजार पाँच सय बहत्तर रुपैया संकलन भएकोमध्ये १३ करोड ६७ लाख खर्च भएको जानकारी दिनुभयो ।

नेपाल सरकार र प्रदेश सरकारहरूले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको कोषमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सहयोग रकम उपलब्ध गराइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button