महाेत्तरीमा २ जना काेराेना संक्रमित 



महाेत्तरी जिल्लामा   पहिलाेपटक मंगलबार राति   २ जनामा  नाेबेल  काेराेना भाइरस काेभिड १९ काे संक्रमित  भेटिएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महाेत्तरी निवासी १६ वर्षे बालक  र ३५ वर्ष वयश्क पुरूषमा काेराेना  पुष्टि भएकाे  हाे ।

त्यस्तै छिमेकी जिल्ला जनकपूरमा  २० वर्षीय किशाेरी  र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। यसैबिच महाेत्तरीकाे अर्काे छिमेकी जिल्ला सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पाेजिटिभ देखिएकाे छ ।


मंगलबार राती  २६   जनामा   पुन  कोरोना देखिएपछि  कुल  संक्रमितको संख्या २१७ पुगेको  मन्त्रालयले सवा १० बजे जारी विज्ञप्तिमा भनेकाे छ ।

मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिलामा पनि काेराेना पाेजिटिभ देखिएकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button