भारतीय हस्तक्षेप विरुद्ध जनसंघर्ष आश्ययक ः रैथाने एकता परिषद्

ढल्केवर (धनुषा)
तराई मधेशमा सक्रिय रैथाने एकता परिषद्ले भारतीय हस्तक्षेप विरुद्ध जनसंघर्ष आवश्यक भएको बताएको छ ।
नेपालको भुमी लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि हमला गरेको भन्दै रैथाने एकता परिषद्ले भारतीय हस्तक्षेप विरुद्ध जनसँघर्षको विकल्प नभएको बताएको छ ।
रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीले एक विज्ञप्ति जारी गर्दै भारतले विगत देखिको नेपालप्रतिको हस्तक्षेपकारी नीति परिवर्तन नगरेको र यस पटकको सडकको नाममा लिपुलेक कब्जा पनि हस्तक्षेपकारी नीतिकै निरन्तरता रहेकाले सरकारले तत्काल कुटनितिक पहल गरेर समस्या नसुल्झाए आफूहरु जनसँघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।
तराई मधेशका रैथाने मधेशी , थारु , दलित , आदिवासी , जनजाती , पिछडावर्गको अधिकार खोसिएको भन्दै ४ बर्ष अघि सिरहाको लहानमा रैथाने एकता परिषद् घोषणा गरिएको थियो ।