प्रहरीको सलामी पश्चात वडा अध्यक्ष उप्रेतिको अन्त्येष्ठि

मेयर भए भावुक



विजय साह
धनुषाको मिथिला नगरपालिका वडा नं. ७ ढल्केवरका वडा अध्यक्ष युवराज उपे्रतिको पार्थिव शरिरलाई प्रहरीको सलामी पश्चात अन्त्येष्ठि गरिएको छ ।


वडा अध्यक्ष उपे्रति पूर्व प्रहरी र नेपाल सरकारको एउटा जिम्मेवार व्यक्ति भएकाले प्रहरीले सलामी दिएको बुझिएको छ । उनको पार्थिव शरिरलाई सोही वडाको दोभान जङ्गल नजिकको औरही नदीमा बुधबार बिहान अन्त्येष्ठि गरिएको थियो ।

वडा अध्यक्ष उप्रतिको मंगलबार साँझ हृदयघातबाट निधन भएको थियो । जनताले दिएको जनमत र वडाबासीकोे अपेक्षालाई आत्मसाथ गर्दै गम्भीरताका साथ जिम्मेबारी बहन गर्न थालेपछि उनी वडा अध्यक्ष भएको छोटो समयमा नै जनताको लोकप्रिय पात्र बनेका थिए । तत्कालिन नेकपा माओवादीको चुनाव चिन्हबाट निर्वाचित भएका उप्रेतिको पार्थिव शरिरलाई अन्तिम संस्कार गर्न हजारभन्दा बढी मानिस सहभागी भएका थिए ।

उनको दाहसंस्कारमा सानैदेखिका दौतरी तथा प्रदेश सभासदस्य डिल्लीप्रसाद उप्रेति, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, उपमेयर तारा लामा बस्नेत वडा अध्यक्षहरु, कर्मचारी र गाउँलेको उपस्थिति थियो ।

जनताको समस्यालाई आफ्नो समस्याको रुपमा ग्रहण गर्दे समाधान तर्फ सधैं उन्मुख वडा अध्यक्ष उप्रेतिको असमायिक निधनले निकै मर्माहित तुल्याएको वडा नं. ४ वडा अध्यक्ष बिष्णु खदालले सुनाए ।


मेयर भए भावुक
अध्यक्ष युवराज उप्रेतिको दाहसँस्कारका बेला मेयर हरिनारायण महतो निकै भावुक देखिए । दाहसंस्कार स्थलमै वडा अध्यक्ष उप्रेतिलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको बारेमा दुई शब्द बोल्न थालेका मेयर महतो यति भावुक बने की उनी केही बोल्न सकेनन् । दाहसंस्कारमा जम्मा भएकाहरुलाई मेयर महतोले भने ‘म बोल्न सक्दिन’, ‘यति भन्दै उनको गला अबरुद्ध भएको थियो । र उनी त्यहाँबाछ अलि पर पुगेर श्रद्धाञ्जली स्वरुप दुई थोपा आँसु चुहाउँदै आफ्नो मनलाई शान्त पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button