वडा अध्यक्षको अचानक मृत्यु



ढल्केवर– धनुषाको मिथिला नगरपालिका वडा नं. ७ ढल्केवरका वडा अध्यक्ष युवराज उप्रतिको रक्तचाप बढेर निधन भएको छ । मंगलबार साँझ ५ बजे वडा अध्यक्ष उप्रतिको रक्तचाप बढेर निधन भएको हो ।


वडा अध्यक्ष उप्रेति सोही वडामा पर्यटन स्थलको रुपमा विकास भइरहेको मिथिला तालमा अवलोक गर्न पुगेका थिए । त्यहाँ उनी विकास निर्माणको कामको अवलोकन गर्न पुगेका थिए ।

त्यहाँ उनको रक्तचाप बढेर बेहोस भएपछि सँगै भएका गाउँलेहरुले घर ल्याइपु¥याएका थिए । घर ल्याउँदा उनको अवस्था गम्भीर भएपनि धडकन चलिरहेकाले बाँच्ने आशमा उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पु¥याउँदा त्यहाँका डाक्टरले अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको आफन्तलाई जानकारी गराएका थिए ।

वडामा विकासको गति बढाउँदै लगेका वडा अध्यक्ष उप्रेतिको अचानकको निधिनले वडा तथा मिथिला नगरबासी शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button