असिना पीडितको घरमा राज्यमन्त्री कुशवाहा



ढल्केवर– प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा असिना पीडितको व्यथा बुभ्mन विभिन्न ठाउँको अवलोकन गरेका छन् ।


राज्यमन्त्री कुशवाहा सोमबार धनुषाको बटेश्वर गाउँपालिकाको वडा नं. १ चित्रपुर र मिथिला नगरपालिकाको वडा नं. १,८ र ९ मा गत शुक्रबार परेको असिना पानीले क्षति पु¥याएको क्षेत्रमा अवलोकन गरेका हुन् ।
गएको शुक्रबार परेको असिना पानीले यस क्षेत्रमा व्यापक धनमालको क्षति भएको छ । करिब ३ सय ग्रामसम्मको परेको असिनाले टायल, खपरा, र एलवेस्टरले छाएको अधिकांश घरको छानो बढी क्षति छ भने आँप, लिच्चीलगायत फलफुलका साथै बालीनालीमा व्यापक नोक्सानी गरेको छ ।

राज्यमन्त्री कुशवाहा अनुगमनको क्रममा पीडित व्यक्तिको घर–घरमा पुगेर असिनाले पु¥याएको क्षति बारे कुराकानी गरेको थिए । उनले टायलको घर, आँप बाली र अन्नबालीमा धेरै बढी क्षति देखिएको बताए । ‘लकडाउनका कारण जनता त्राहिमाम भइरहेकै अवस्थामा असिना पानीले थप पीडा पु¥याएको छ,’ ‘आफु प्रदेश सरकारको तर्फबाट आएको छु’, ‘खासगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्र्गतको विपत व्यवस्थापनको जिम्मेवारी बहन गर्दै आएको नाता क्षति विवरण संकलन गर्न आएको जनाए ।’
उनले स्थानीय जनतालाई सम्बोधन गर्दै भने अहिलेको जुन अवस्था छ, ‘त्यो चुनौतीपूर्ण अवस्था छ’, ‘त्यस बाबजुद पनि प्रदेश सरकारको जुन दायित्व छ’, ‘त्यो पुरा गर्छ ।’

‘राहत वितरण छलफलको बिषय हो’ ‘भौतिक क्षति आन्तरिक मामिला मन्त्रालयले हेर्छ भने अन्नबालीको नोक्सानी कृषि मन्त्रालय मातहत पर्छ ।’ ‘त्यसैले यहाँ भएको समग्र क्षति बारेमा प्रदेश सरकारसँगै स्पष्ट कुरा राख्र्छौं ।
‘राज्यमन्त्री कुशवाहाले स्थानीय सरकारलाई पनि सहयोग उपलब्ध गराउन आग्रह गर्दै भने यसप्रति प्रदेश सरकार गम्भीर छ’, ‘चाँडै केही न केही निकास निस्कन्छ ।’

अनुगमनको क्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य चन्देश्वर महतो, रामनरेशन महतोलगायत पार्टीका कार्यकताहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button