लकडाउन’ थप कडा गर्न गृहमन्त्रालयको निर्देशन



काठमाडौ
गृहमन्त्रालयले लकडाउन’लाई थप कडा पार्न मातहतका निकायलाई निर्देशन दिएको छ ।


मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका सबै सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको जनाएको छ ।

मन्त्रालयले बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृहको ठहर छ । मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button