भोलि बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्ने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउनका समय पटक पटक थप्दै आएकोमा वैशाख १५ गते लकडाउनको अवधि समाप्त हुँदैछ ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणकालागी सरकारले गर्दै आएको लकडाउनको अवधि लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ ।

बैठकले सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बैठक बसिरहेको छ ।
उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ ।

समितिले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।
लकडाउनका कारण विगत १ महिनादेखि उद्योग, कलकारखाना, ब्यापार व्यावसाय, यातायातलगायत ठप्प भई जनजीवन प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button