बर्दिवासमा किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


सरकारले कोरोना भाईरसबाट बच्न लकडाउन गरिरहेकै समयमा महोत्तरीको बर्दिवासमा बुधवार एक किशोरीमाथी जबरजस्ती करणीको घटना भएको छ ।
बर्दिवास १ बस्ने एक १४ वर्षीय किशोरीलाई
बर्दिवास नगरपालिका २ बस्ने २२ वर्षिय रुपेश परियारले ललाईफकाई बिभिन्न प्रलोभन देखाएर बोलाई बर्दिवास स्थित रातु पुल नजिकैको आर्यघाट छेउमा रहेको प्रतिक्षालयमा लगेर जबरजस्ती करणी गरेको बर्दिवास प्रहरीले जनाएको छ । करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरी घटनाको बिषयमा अनुसन्धान गरीरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button