रक्तदानमा उत्साहजनक सहभागिता



ढल्केवर– धनुषाको ढल्केवरमा भएको रक्तदान कार्यक्रममा प्रहरी प्रशासन, स्वास्थकर्मी, सञ्चारकर्मीलगायत आम जनातको उत्साहजनक सहभागिता देखिएको छ ।


आइतबार मिथिला उघोग बाणिज्य संघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ जना महिलासहित १ सय ३७ जनाले रक्तदान गरेका थिए ।

देशमा लकडाउनमा छ, ‘लकडाउनका कारण देशभरी रगतको अभाव सृजना भएको छ,’ ‘र रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको मिथिला उघोग बाणिज्य संघ ढल्केवरका अध्यक्ष सन्तोष साहले बताए ।’

लकडाउनका बाबजुद रक्तदाताहरुको उत्साहजनक सहभागिता थियो । मिथिला ब्याड मिन्टन संघका खेलाडी, ढल्केवर ईलाका प्रहरी कार्यालयका प्रहरी, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मीलगायत आम जनताले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button