रौतहटबाट साढे ९ किलो गाँजा बरामद



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको गुजरा नगरपालिका—४ जंगलसहीया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्ती टोलीले लागुुऔषध गाँजा बरामर गरेको छ ।


सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रविनराज कर्ण्जितको कमाण्डमा गएको टोलीले गुुजरा नगरपालिका वडा नं—४ लालबकैया नदिको किनारमा साढे ९ किलो गाँजा बरामद गरेको हो ।

लकडाउनलाई थप ब्यवस्थित गर्न गस्तिमा गौर,बौधीमाई,बिजयपुर हुँदै जंगलसहीया तर्फ जाने क्रममा आईतबार साँझ नम्बर नखुलेको मोटरसाईकलमा एउटा पोका बोकेर एक जना सिम्रीटोल बाट पेटभरवा गाँउतर्फ गईरहेका थिए ।

प्रहरीको गाडी दखेपछी टाढैं बाट पोका फालेर मोटरसाईकल चालक भागेपछी संकाको आधारमा चेकजाँच गर्दा पोकाभित्र गाँजा भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी कर्ण्जितले बताएका छन् ।

बरामद गाँजा सोमबार आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुुझाईएको सशस्त्र प्रहरी ११ गण्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button